तालिबानले पञ्जशीर प्रान्तमाथि कब्जा जमाएको प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक पत्रकार सम्मेलन आयोजना गरेर दाबी गरेका छन् ।

उनले काबुलमा आयोजित पत्रकार समम्लेनमा उपत्यकामाथि आज पूर्ण रुपमा विजय प्राप्त भएको छ ।

तालिबानका प्रवक्ताले तालिबानले कुराकानीको प्रत्येक कोसिसलाई विरोधी समूहले नकारात्मक जवाफ दिएको पनि बताए ।

जबिहुल्लाह मुजाहिदले भने, ‘तालिबानले आफ्नो सैन्य बललाई आतंकवादबाट छुटकारा पाउनका लागि अन्तिम कुनासम्म पठाएको थियो ।’

पञ्जशीरमा आजदेखि बिजुली र इन्टरनेटको बहाल गरिदिने पनि उनले जानकारी दिए । यो इलाकामा तालिबानले फोन, इन्टरनेट र बिजुलीको लाइन काटिदिएको थियो ।

तालिबानले पञ्जशीरमाथि कब्जाको लडाईंमा कुनै सर्वसाधारणको ज्यान नगएको पनि दाबी गरेको छ ।