बहुप्रतिभाशाली कलाकार प्रकाश सपुतको पछिल्लो समय बजारमा आएको गीत ‘कुरा बुझ्न पर्च’ले नयाँ किर्तिमान कायम गरेको छ ।

उक्त गीतले सवैभन्दा छोटो समयमा नै करोड क्लवमा पुग्ने किर्तिमान कायमा गरेको हो ।गीत सार्वजनिक भएको दुई हप्तामा नै करोड क्लबमा पुगेको छ ।

सपुतको सिर्जनामा गायिकाद्वय अस्मिता अधिकारी र शान्ति श्रीले गाएको यो गीत एकपछि अर्को कीर्तिमान रच्दै अघि बढेको छ । सार्वजनिक भएको १३ घन्टामा ट्रेन्डिङ १ मा पर्न सफल यस गीतले २४ घन्टामा १० लाख भ्यूज कटाएको थियो ।

१५ दिनको छोटो समयमा गीतले एक करोड भ्यूज कटाएको छ ।