मोडेल सविता अधिकारी निर्मात्री रहेको ‘ऐना हेरी हेरी’ बोलको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको युगल गायन रहेको छ। गीतलाई संचारकर्मी शिवराज योगीले लेखेका हुन् भने भिम बिसीले संगीतवद्द गरेका हुन्। विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ।

आकाश कार्की र अनु काफ्ले अभिनित यस म्युजिक भिडियोमा कोरनाले संक्रमित श्रीमानको सुवास्थ्यको कामना गर्दै तिजमा वर्त बसेकी श्रीमतीको कारुणिक कथा भिडियोमा प्रस्तुत गरिएको छ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी रहेको छ । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्। गम्भिर विष्टको निर्देशनमा तयार पारिएको हो।