काठमाडौँ । प्रजिना वाग्ले र प्रकाश थापा अभिनित ‘देखे जब उनीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार, कवियत्री तथा फिल्म निर्मात्री अनु शाहको शब्द रहेको यस गीतमा नारायण सुवेदी ‘आभाष’को संगीत रहेको छ। गीतमा स्वर लोकप्रिय गायक जगदीश समालको रहेको छ। यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

रोमाण्टिक भर्सनको यस गीतको सम्पूर्ण छायांकनअमेरिकामा नै भएको हो। जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो।

ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। म्युजिक भिडियोले दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।