काठमाडौँ । गोलो प्रडक्शनको प्रस्तुतिमा भिमा लोहार निर्मात्री रहेको ‘एकै छिन’ बोलको म्युजिक भिडियो सेप्टेम्बर १७ तारिखमा गोलो प्रडक्शनको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक हुने भएको छ।

प्रेमिल शैलीको गीतमा भोइस अफ नेपाल सिजन ३ विजेता गायक किरण गजमेर र लोकप्रिय गायिका मेलिना राईको युगल गायन रहेको छ। उत्कृष्ट गीत सिर्जना मार्फत नेपाली संगीतमा आफ्नो योगदान पुर्याउदै आएका अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको यस गीतमा शब्द रहेको छ। वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतलाई विषम आचार्यले संगीत संयोजन गरेका हुन्।

ललितपुरको गोदावरीमा छायांकन भएको भिडियोमा प्रभात पाल ठकुरी र कविता न्यौपाने बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिनेछ। श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। यसअघि गायक किरण गजमेर संगको सहकार्यमा यहि टिमले तयार पारेको ‘किन मायामा’ स्रोता माझ लोकप्रिय छ। यस म्युजिक भिडियोबाट निर्माण टिम उत्साहित र आशावादी रहेको बताएको छ।