काठमाडौं– चर्चित गायिका मेलिना राई र कर्णवीरको आवाजमा सजिएको र गीतकार कर्णवीरकै सुन्दर शब्दले भरिएको ‘मेरो मनलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘तिम्रो मायामा’ म्युजिक एल्बममा रहेको उक्त गीत ६ वटा गीतहरु मध्ये एक हो। लामो समय देखि अमेरिकामा बस्दै आउनु भएको गीतकार तथा गायक कर्णवीरले दर्जनौ नेपाली गीतहरुमा आवाज दिइसकेका छन् भने म्युजिक भिडियोमा पनि मोडलको रुपमा समेत देखिएका छन्।

विष्णु सिलवालको निर्माणमा बनेको उक्त गीतमा अनुप रेग्मीको संगीत रहेको छ भने संजीव बराईलीको संगीत-संयोजन रहेको छ।
‘नौलो डिजिटल’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा गीतकार/गायक कर्णवीर र रेजीना मगरको जीवन्त अभिनय रहेको छ।

म्युजिक भिडियोमा एकान्त मगरको निर्देशन रहेको छ भने यालेन मगरकले भिडियोलाई छायांकन गरेका हुन्। नेपालको बिभिन्न सुन्दर ठाऊँहरुमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा साथ दिनु हुने- शुनिल माथेमा प्रधान , रीमा श्रेष्ठ, अनुप रेग्मी प्रति निर्माण टिमले बिशेष आभार प्रकट गरेको छ।