काठमाडौं– मिलअमु फिल्म्सको प्रस्तुतिमा रहेको फिचर फिल्म ‘रक्की’को टिजर सार्वजनिक भएको छ। ४० मिनेटको फिचर फिल्ममा मिलन मिश्र मुख्य भूमिकामा रहेका छन्।

इभेन्ट सिनेमा – अस्ट्रेलिया फेयरमा बेलुका ६:१५ मा फिल्म प्रदशन हुने भएको छ। टिकेट को मुल्य ५ डलर राखिएको छ भने बालबालिकाले निशुल्क फिल्म हेर्न पाउने छन्। हाल टिकेट बुकिङ्ग सुरु भैसकेको जानकारी कलाकार मिश्रले गराएका छन्। टिकेट अस्ट्रेलियामा रहेका बिभिन्न नेपाली स्टोर मार्फत किन्ने सकिने समेत जानकारी मिश्रले गराएका छन्।