काठमाडौं– भोइस अफ नेपाल सिजन ३ कि सेमी फाइनलिस्ट प्रतियोगी अफ्रिता खड्गीको पहिलो अफिसिएल म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ भोलि शनिवार ३ बजे सार्वजनिक हुने भएको छ।

यस गीतका गीतकार तथा संगीतकार राज लिम्बुका अनुसार नखीपोट मिलन चोक (युङ्चा हिम सेकुवा हाउस) मा बिमोचन कार्यक्रम हुने भएको छ। उक्त बिमोचन कार्यक्रममा अतिथिका रुपमा गायक उदय सोताङ र मनिला सोताङको उपस्तिथी रहने जानकारी निर्माण टिमले गराएको छ।

हाङ चेम्जोङको निर्देशनमा तयार पारिएको यस भिडियोलाई ‘राज लिम्बु अफिसिएल’ मार्फत सार्वजनिक गर्न लागिएको हो। म्युजिक भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।