काठमाडौं– करिव ४ वर्ष अघि गायक, गीतकार तथा संगीतकार राज लिम्बुले कोरेको ‘कस्तो त्यो वेदनाले’ बोलको गीत रेकर्ड भै म्युजिक भिडियोको रुपमा डिजिटल बजारमा आएको छ।

यस गीतमा स्वर भोइस अफ नेपाल सिजन – ३ कि सेमी फाइनलिस्ट प्रतियोगी अफ्रिता खड्गीको रहेको छ। गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ।

भिडियोमा इसाक जबेगुले छायांकन रहेको छ। सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहेका छन्। भिडियोमा संजु थलाङको मेकअप रहेको छ। हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘राज लिम्बु अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो ।