चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज सोमबार दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारिवर्स भिड्ने छन् । काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र चितवनबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।