टिकटक र युट्युवमा चर्चित बनेको थेगो ‘लाज किन बाबा’ अब म्युजिक भिडियोको रुपमा आउने भएको छ।

यस गीतमा गायक विजय मगर र गायिका टीका प्रसाईको स्वर समावेश छ। गीतमा स्वयम गायक मगरको शब्द रहेको छ भने संगीत र संगीत संयोजन आदेश गुर्मछानको रहेको छ। म्युजिक भिडियोमा समिप निरौला र नेहा तामाङको अभिनय देख्न सकिनेछ।

निसल पौडेलले छायांकन गरेको यस गीतको भिडियोलाई सुवाश शाहले सम्पादन गरेका हुन्। छिट्टै नै म्युजिक भिडियो सार्वजनिक हुने निर्देशक विजय मगरले जानकारी गराएका छन्।