चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच बिहान ९ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र विराटनगरबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ ।