राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिलातर्फ गरि ६ खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेलहरु हुने छन् ।

आज हुने पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच बिहान ८ बजे प्रतिस्पर्धा हुनेछ । पुरुषको दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लबको खेल बीच बिहान १० बजे हुनेछ । तेस्रो खेलमा हेल्प नेपाल र गल्कोट स्पोर्ट्स मध्यान्न १२ बजे प्रतिस्पर्धा हुनेछ । पुरुषको चौंथो खेलमा प्रदेश–२ र बागमती प्रदेशबीच दिउँसो २ बजे खेल हुनेछ ।

यस्तै महिलातर्फको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच खेल दिउँसो ४ बजे सुरु हुनेछ । महिलातर्फको दोस्रो खेलमा एभरेष्ट क्लब बुटवल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।