काठमाडौं– युवापुस्ता माझ लोकप्रिय गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाउ न त रिसाउ’ बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रिसाएकी प्रेमिकालाई प्रेमीले खुशी पार्ने प्रयास सहितको भाव गीत र म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा भएको हो। भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ। म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रबीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकामा साइबर सेक्युरेटी एनालिस्ट इन्जिनियरका रुपमा कार्यरत खनालको यो डेब्यु म्युजिक भिडियो हो। म्युजिक भिडियो मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो। यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ।