चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीच अहिले बिहान ९ः३० बजे प्रतिस्पर्धा हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतियोगिताबाट बाहिरिसकेको करण केसीको कप्तानीमा रहेको विराटनगरले ४ खेलमा जित निकाल्न सकेको छैन । यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुर र चितवनबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा रहेको छ । चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।