पौराणिक कार्यक्रम ’रामायण’ मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको गए राति निधन भएको छ ।

उनको उमेर ८३ वर्ष थियो । हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको ज्यान गएको बीबीसी लेखेको छ ।

’रामायण’ मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ’विक्रम और बेताल’ मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए ।