काठमाडौं – अमेरिकाको पेन्सिलभेनिया निवासी भक्त घलेको स्वर, शब्द र संगीतमा समावेश ‘काफल टिप्न जाउँ’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा गाउँघरका साथीभाईहरु संगको खेतबारी काम गर्दाको र वनपाखामा गाइगोरु चराउदाको रमाइलो यादहरुलाई व्यक्त गरिएको छ। अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा वरिष्ठ कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन्। शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। गायक घलेको आधिर्कारिक च्यानल ‘भक्त घले’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

विगत लामो समय देखि नेपाली संगीतमा सक्रिय घलेले यसअघि २ दर्जन बढी कभर गीत, १० भन्दा बढी ओर्जिनल गीत र एक गीति संग्रह सार्वजनिक गरिसकेका छन्। दक्षिण भुटानमा जन्मिएका घलेले राजनीतिक अस्थिरताका कारण नेपालमा शरणार्थीका रुपमा १८ वर्ष बिताएका थिए। परिवारमा सांगीतिक माहोल भएकै कारण उनि संगीत प्रति आकर्षित हुन पुगे। झापामा उनले विभिन्न गुरुहरु संग संगीत सिक्ने मौका पाए र पछि आफुले सिकेको संगीतको ज्ञान अरुलाई बाड्ने मौका पाए। उनले नेपाल भारत विभिन्न ठाउहरूमा आफ्नो प्रस्तुति दिने मौका समेत पाएका थिए। संगीत बाहेक खेलकुद र फोटोग्राफीमा समेत रुचि राख्ने घलेले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।