राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको फाइनल खेल शुक्रबार हुँदैछ ।

पोखराको बहूदेशीय कभर्डहलमा हुने फाइनलमा स्पोर्ट्स क्यासल पोखरा र संखमुल फुटसलबीच प्रतिस्पर्धा हुनेछ ।

स्पोर्ट्स क्यासल र संखमुलबीचको फाइनल खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।

फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।