काठमाडौं – वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायनमा समावेश प्रेमिल शैलीको ‘राधा पियारी’ को म्युजिक भिडियो भोलि शनिवार २ वजे सार्वजनिक हुने भएको छ। राइजिङ मलमा प्रेस मिटको आयोजना गरि भिडियो सार्वजनिक गरिन लागिएको हो।

सरल शब्दमा युवा युवती बीचको प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको रहेको छ। वसन्त सापकोटाले संगीतवद्द गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।

नबोली नबोली बोलको म्युजिक भिडियो बाट दर्शक स्रोताको मन जित्न सफल जोडी सुधिर श्रेष्ठ र गरिमा शर्मा बीचको अन्स्र्किन प्रेम र रोमान्स भिडियोमा देख्न सकिनेछ। सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोमा उत्शव दहालले छायांकन रहेको छ। भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्। काजि लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक हुने छ।