टिकटक र फेसबुकमा समीप निरौला को चर्चित थेगो “लाज किन बाबा”को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियो आज शुक्रबार किंग्ज लाउन्ज काठमाण्डौमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो । यस गीतमा गायक विजय मगर र गायिका टीका प्रसाईको स्वर समावेश छ।

गीतमा स्वयम गायक मगरको शब्द रहेको छ भने संगीत र संगीत संयोजन आदेश गुर्मछानको रहेको छ। म्युजिक भिडियोमा समीप निरौला र नेहा तामाङको अभिनय देख्न सकिनेछ।

निसल पौडेलले छायांकन गरेको यस गीतको भिडियोलाई सुवाश शाहले सम्पादन गरेका हुन्। आदेश गुर्मछानको युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको निर्देशक मगरले जानकारी गराएका छन्।

दशैँ तिहारको कोशेली स्वरूप ‘ लाज किन बाबा ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको संगीतकार गुर्मछानको भनाई छ । यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।