चौंथो एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधि भिडन्त आज हुँदैछ ।


उपाधिको लागि आज चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टोली ईपीएलमा पहिलो पटक फाइनलमा पुगेका हुन् । चितवनका कप्तान सोमपाल कामी र पोखरा राइनोजका कप्तान विनोद भण्डारी दुवैले पहिलो पटक ईपीएल फाइनल खेल्न लागेका हुन् ।

चितवन लिगमा ५ खेलमा जित र १ मा हार सहित शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पोखरा ५ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो ।

इपिएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।