काठमाडौं – हालै नेपाली संगीतिक बजारमा एक आशा लाग्दी गीतकार रीमा श्रेष्ठको उदय भएको छ। गायक कर्णवीरको, बजारमा आउनै लागेको गीति एल्बम ‘एकलौटी मायामा’ रहेको गीत ‘तिमीमा छ के? को गीतकार रीमा श्रेष्ठकै कलमले कोरिएका शब्दहरुले सजिएको मीठो गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ।

पेसाले आईटी मा रहेकी श्रेष्ठको सानै उमेर देखी गीत-संगीतमा लगाव थियो। केही महिना अगाडी उनको पहिलो गीति एलबम ‘अधुरो सपना’ को भव्य चर्चा संगै फुटकर गीतहरु पनि गरीसकेकी छिन र गीत लेख्ने र म्यूजिक भिडियो बनाउने काममा लागी परेकी छिन। यहि क्रममा उनको ‘तिमीमा छ के’? गीतका गायक कर्णवीरको सुमधुर आवाजमा रहेको भिडियो सार्वजनिक भएको हो।

कुशल गुरुङको निर्माणमा बनेको उक्त गीतमा गायक कर्णवीर र आरजु खरेलको जीवन्त अभिनय रहेको गीतलाई येदिन गजमेरले संगीत गरेका हुन भने संगीत संयोजक धीरज श्रेष्ठ हुन। भिडियोलाई रन्धिर श्रेष्ठले निर्देशन, छायाँकन र सम्पादन गरेका हुन भने राजेन्द्र वि.सी को कोरियोग्राफी रहेको छ। नौलो डिजिटल च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो।