परदेशीको देउसी भैलोको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियो आज काठमाण्डौमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो । यस गीतमा गायक आदेश गुर्मछान, विजय मगर र गायिका खुश्बु गुरुङको स्वर समावेश छ।

गीतमा सुवाश शाहको शब्द रहेको छ भने संगीत र संगीत संयोजन आदेश गुर्मछानको रहेको छ।

यस गीतको भिडियोलाई सुवाश शाहले सम्पादन गरेका हुन्। आदेश गुर्मछानको युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको गायक मगरले जानकारी गराएका छन्।

केहि समय अघि लाज किन बाबा ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गुर्मछानले दशैँ तिहारको कोशेली स्वरूप ‘परदेशीको देउसी भैलोको म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।

यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।

भिडियो