काठमाडौं– भुटानमा जन्मिएका गायक चन्द्र लावारले आज आफ्नो जन्मदिन मनाउदै छन्। संघर्षपुर्ण जीवनबाट हाल सपनाको देश
एट्लाण्टा, जर्जियामा परिवारको साथ खुशी र सुखी जीवन बिताइरहेका गायक लावारले यसअघि ‘किन होला’, ‘एकै नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर दर्शक स्रोताको मन जितिसकेका छन्।
भविष्यमा अझै उत्कृस्ट गीत संगीत सिर्जना मार्फत स्रोतामाझ आउने तयारी रहेको गायक लावारले बताएका छन्। जन्मदिनको उपलक्ष्यमा यहाँले चालेका पाइलाहरुले प्रगतिको शिखर चुम्न सफल रहून भन्दै सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
