काठमाडौं – गायक बिन्ती कुमार गुरुङलाई नजिक बाट चिन्न चाहने शुभचिन्तकहरुको निम्ति हाल सम्मको उनको संगीत यात्राको अनुभवलाई समेटर संक्षिप्त जीवनी भिडियो सार्वजनिक भएको छ।
लमजुङ जिल्लामा जन्मिएका गायक गुरुङको बाल्यकाल, सम्झना र संघर्षको अनुभवलाई जीवनीमा सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ। हाल अमेरिकाको भर्जिनियामा रहेका गायक गुरुङले गीति संग्रह ‘बिन्ति’ बाट आफ्नो संगीत यात्रालाई सुरु गरेका हुन्। हालसम्म उनले १ दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन्। प्रमोशन नेपालले तयार पारेको उनको जीवनी भिडियो ज्यास्मिन क्रियसन नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
