गायीका रानी शाक्यको आवाज रहेको भरिएर रित्तीएछु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायीका रानी शाक्यको अफिसियल यूटुव च्यानल बाट सार्वजनिक गरिएको यस गीतको भिडियोलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् ।
चेलिबेटी बेचबिखनको कथा लाइ भिडियोमा देखाइएको छ , एउटी चेली कसरी माया जालमा फस्छिन् कसरी बेचिन्छीन् र जसोतसो आफ्नै समाजमा फर्किदा समाजमा स्थापित हुन नसक्नु र छि छि दुरदुर को सिकार बन्नु पर्दा हुने घटनालाइ देखाइएको छ । यसरी फर्केका चेलीहरुलाइ समाजले घृणाले होइन मायाले हेर्नु पर्छ भन्ने सन्देश भिडियो बाट देखाउन खोजिएको छ ।

सरिता श्रेष्ठको शव्द रहेको यस गीतलाइ नकुल कार्किले संगीत भरेका छन् भने शैलेश श्रेष्ठले एरेन्ज गरेका हुन् । सार्वजनिक यस भिडियोमा गीत बिष्ट , बेनिश भण्डारी र जेम्स अधिकारीको मुख्य भुमिका रहेको छ । भिडियोमा खुमनाथ ढुंगेल र आयुष बिश्वकर्माले पनि अभिनय गरेका छन् । खेम थापा मगरको छायांकन रहेको यस भिडियोलाइ दशरथ गिरिले सम्पादन गरेका हुन् ।