काठमाडौं – प्रतिभाशाली गायक साजन तामाङको सुमधुर स्वरमा सजिएको ‘आधा अधुरो’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द चर्चित गीतकार डि.पी खनालको रहेको छ भने सुरज कालाखेतीको संगीत रहेको छ । विश्व अधिकारीले गीतलाई संगीत संयोजन गरेका हुन् । युवा युवतीको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयंम गायक तामाङ र बिना राउत फिचर्ड छन् ।

गोदावरीमा छायांकन गरिएको भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत सार्वजनिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।