काठमाडौं– पुरानो नेपाली चलचित्रको शैलीलाई प्रयोग गरेर आजको पुस्ताका प्रतिभावान थिएटर कलाकारहरुको जिवन्त अभिनय समेटिएको ‘मनको चोखो माया’ नामक गीति चलचित्र सार्वजनिक भएको छ।

यस गीतमा मेघराज राईको स्वर रहेको छ। उनको यो पहिलो डेब्यु गीत हो। गीतमा शब्द कुम्भराज राईको रहेको छ। महेश ताम्राकारले संगीतवद्द गरेको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोको छायांकन ललितपुरको लाखुरी भंज्याङ्गका डांडा र जंगलमा गरिएको हो। पुरानो शैलीमा प्रायजसो संगीत र द्वन्दको पूर्ण साथ सहित निर्माण हुने नेपाली चलचित्रलाई आधार मानि गीत र द्वन्दलाई नाटकीय ढंगले भिडियोमा प्रस्तुत गरिएको छ | बाल्यकालमा आँखामा भरेका पुराना नेपाली चलचित्रका सम्झना स्वरूप यो गीतिकथा प्रस्तुत गरिएको यो गीति चलचित्रको प्रस्तुतकर्ता ‘द नैसेन्स फ्याल्यांक्स’ले बताएको छ।

भिडियोमा कुसुम गुरुङ, कबि राइ, रुपेश लामा र सुरज तमु मुख्य भूमिकामा छन् भने सुमन तुम्बापो, मणि के राई, सौजन सेनेहाङ्ग, संजिप योगी आदि सहायक भूमिकामा प्रस्तुत छन् | अनिल सुब्बाद्वारा निर्देशित यस गीतिचलचित्रलाई जे.डी. तमूले छायांकन र सम्पादन गरेका हुन भने मणि के राईले नृत्य निर्देशन गरेका हुन | निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक सोर्तालाई आग्रह गरेको छ।