काठमाडौं । कुनै क्याफेमा कहिले कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै गरेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफि जत्तिकै सुन्दर, मिठो अनि माया-लाग्दो ! साँच्चिकै कहिले यस्तो अनुभव गर्नु-भएको छ भने गायक तथा संगीतकार अंकित बाबु अधिकारीको भर्खरै सार्वजनिक भएको गीतले तपाईँलाई फेरी पनि लोभ्याउने निश्चित छ ।

ए-सिरिज युट्युब च्यानलमा रिलिज भएको यस गित को बोल ‘कफी क्रश्’ रहेको छ । गीत मा एक युवकलाई कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै गरेकी एक सुन्दर युवतीले आकर्शित गर्छिन र तिनै युवतीको कृयाकलाप र हाउभाउ देखेर युवक द्ङ्ग पर्छन । उनिहरु बीचको आँखा जुधाई, हेराहेर र अन्य भाव-संवादहरुलाई क्याफेको एक वेटरले नजिकै बाट नियाली रहेको हुन्छ र उक्त वेटर गीत मा कहिले हाँस्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमान्चक बनेको महशुश हुन्छ ।

गीत को भिडियोमा अब्बल गायक प्रताप दासको अभिनय रहेको छ । उनले क्याफेमा मन पराउने युवती भने प्रियाना आचार्य हुन । भिडियोमा क्याफेको वेटर को भूमिका अंकित बाबु आफैले निभाएका छन ।

“यो गित एक किसिमको प्रयोग हो । मैले गर्दै आएका अन्य गीत हरु भन्दा यो भिन्न छ । यसमा प्रयोग भएका शब्द तथा संगीतले टिनेजर्स का कथा भने जस्तो लाग्छ्,” अंकित बाबु भन्छन । अंकित बाबुका चर्चित गीतहरुमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’, हरु पर्छन ।

आफैँ एक अब्बल गायक भएर पनि कसरी अरु कसैको गीत मा अभिन य गर्न पुग्नु भयो भनेर सोध्दा प्रताप दास भन्छन्, “अंकित मेरो एकदमै मिल्ने साथी हो र उ सँग कुनै पनि किसिम को सहकार्य गर्न मलाई रमाइलो लाग्छ । त्यसमाथी मैले अभिन य गरेको बाफ गीत को सफलता पछी दर्शक श्रोता हरु पनि मेरो अभिनय हेर्न इच्छुक हुनुहुन्छ ।” प्रताप नेपाल आइडलको पहिलो संस्करणमा दोश्रो रनर-अप भएका थिए । उन्ले थुप्रै नेपाली चलचित्रहरुमा गीत गाएका छन ।

त्यस्तै प्रियाना आचार्य भन्छिन्, “मलाई त गीत एकदमै मन पर्‍यो । गीत एकदमै सामान्य भए पनि यसमा एक खाले कथा छ, र उक्त कथा को पात्र आफु बन्न पाउँदा म एकदमै खुशी छु ।” प्रियााना चर्चित नेपाली टेली-श्रिंखला ‘भद्र-गोल’ मा मुन्नीको अभिनय गर्छिन ।

अंकित बाबुको आफ्नै शब्द, स्वर र संगीत रहेको यस गीत को संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ्ग भारत को पश्चिम बाङ्ग्गाल का उत्कृष्ट सङ्गितकार सुमित विश्व कर्माले गरेका हुन । ए-सिरिज ले बजारमा ल्याएको यस गीतको भिडियो निर्देशन नविन भट्टले गरेका हुन । भिडियोको छायांकन अनिश स्याङ्देन ले गरेका हुन । नविनले यो भन्दा अघी ‘मुना’, ‘वशन्त शिशिर’, लगायतका जोड्दार भिडियोहरु बनाएका छन ।

“मैले निर्देशन गरेका प्राय भिडियोहरु ग्रामिण परिवेशका हुन्छन । यो पाली केही नयाँ गर्ने प्र यास गरेको छु,” नविन भन्छन ।