काठमाडौं – अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीको सुमधुर स्वरमा रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो भोलि ४ बजे ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक हुने भएको छ।

यस गीतमा संगीत गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत रहेको छ भने दिलिप घिमिरेको शब्द रहेको छ। कवाली शैलीको यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन्। उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। प्रकाश धितालको निर्देशनमा भिडियो तयार पारिएको हो। निकै मिहेनेत साथ तयार पारिएको यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया निर्माण टिमले दिन सबैलाई आग्रह गरेको छ।