१९ माघ ९रासस÷सिन्ह्वा० ः अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ ।

राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो । तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार जनाएको छ ।