काठमाडौं – प्रणय दिवस नजिकिदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढ्दो छ। यसैक्रममा प्रतिभाशाली युवा गायक ओजस्वी प्रदिप धमलाले ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा स्वयम् गायक धमलाको शब्द संगीत रहेको छ। शिवम रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा सविता कुटु र गायक धमला फिचर्ड छन्। भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ।

इटहरी घर भै हाल बुढानिलकण्ठ बस्दै आएका गायक धमला सानै देखि गीत संगीत र नृत्यमा रुचि राख्ने गर्दथे। आफ्नो परिवारलाई प्रेरणाको स्रोत मान्ने गायक धमला हाल बैंकमा काम गर्दै आएका छन्। उनि बुढानिलकण्ठ जेसिजको अध्यक्ष समेत हुन्। गायक धमलाले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।