गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) का लागि एरो थाईको जहाज नेपाल आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज बिहीबार अपराहन्न २:५० बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । 


परीक्षण उडानका लागि नेपाल आएको एरो थाईको जहाज आजै ४ः४५ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थल जाने तालिका रहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।
एरो थाईको जहाज बिहीवार बंगलादेशको ढाका हुँदै काठमाडौँ आएको हो । जहाजले भोलि शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ गर्नेछ । करिब एक साता हुने परीक्षण उडानमा आन्तरिक उडान प्रभावित हुने भैरहवा विमानस्थल जानकारी दिएको छ ।