काठमाडौं –  डोगा प्रडक्शनको प्रस्तुतिमा गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको युगल गायनमा समावेश ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

सेण्टिमेन्टल  भर्सनको  यस गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ।  रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  जापानको विभिन्न रमणीय ठाऊहरुमा छायाँकन गरिएको यस गीतको भिडियोमा लक्ष्मण पुन लक्स र आशा राना मगर फिचर्ड छन्।

भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ।  गोविन्द बिस्टले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो।  रमा राना मगर निर्मात्री रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो। 

https://youtu.be/Cn_IDpIKJE4