१८ फागुन, काठमाडौं । अतिरिक्त समयमा जोस कोबर्नले उत्कृष्ट गोल गरेपछि टोटनह्यामलाई स्तब्ध पार्दै मिडल्सब्रोग एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

निर्धारित समय गोलरहित बराबरी भएको खेलमा मिडल्सब्रोगले अतिरिक्त समयको १०७ औं मिनेटमा गोल गरेको थियो।

उसका लागि जोस कोबर्नले क्रुकको पासलाई सदुपयोग गरेका थिए। यो सँगै टोटेन्ह्याम १४ वर्षदेखि उपाधिको प्रतिक्षामा भए पनि अझै उसको सपना कम्तीमा एक सिजन पछि धकेलिएको छ।

सनसनिपूर्ण प्रदर्शन जारी राखेको मिडल्सब्रोगले यसअघि म्यानचेस्टर युनाईटेडलाई स्तब्ध पारेको थियो।

लगातार आठौं जित निकालेको मिडल्सब्रोगले प्रि-क्वार्टरफाइनल सम्झनलायक बनायो। घरेलु दर्शकमाझ उसको जितको खुसी अविश्वसनीय देखिएको थियो।

गएरातीनै भएको अर्को खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । सिटीको जितमा रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल गरे।

यस्तै अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। क्रिस्टल प्यालेसको जितमा चेकइहोउ कोउयाट र जाइरो राइडवाल्डले गोल गर्दा स्टोकका जोस टेमोनले एक गोल फर्काए।