आईसीसी विश्वकप क्रिकेट लिग टूमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला बलिङ गरेको नेपालले युएईलाई १६८ रनमा समेट्न सफल भयो ।

युएईले ४६.३ ओभरमा १६८ रन बनायो । नेपालका लागि सोमपाल कामीले ४ विकेट लिँदा करण केसीले ३विकेट लिए । यसैगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक एक विकेट लिए ।