फिल्म ‘द कश्मीर फाइल्स’ ले इतिहास रचेको छ । विवेक अग्निहोत्रीले निर्देशन गरेको यो फिल्मले बक्स अफिसको रेकर्ड तोडेको छ । कम बजेटमा बनेको फिल्मको यस्तो जादु विरलै देख्न पाइन्छ । अनुपम खेरको यस फिल्मको सुनामी छैटौं दिन पनि बक्स अफिसमा जारी छ । भारतमा फिल्मले ६ दिनमा ७९।२५ करोड कलेक्सन गरेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाईको पछिल्लो तथ्यांक सार्वजनिक गरेका छन् । उनले ट्विट गर्दै लेखेका छन्– काश्मिर फाइलको तहल्का जारी छ । फिल्मले सबै मिथकलाई तोड्दै बक्स अफिसको रेकर्ड तोडेको छ । यस फिल्मलाई केस स्टडी गर्दा यसले बक्स अफिसमा अझै छलांग मार्ने देखिएको छ। शुक्रबार ३.५५ करोड, शनिबार ८.५० करोड, आइतबार १५.१० करोड, सोमबार १५.०५ करोड, मंगलबार १८ करोड, बुधबार १९.०५ करोड कमाएको छ ।

भारतीय बक्स अफिसमा फिल्मको कुल कमाई ७९.२५ करोड पुगेको छ । पोष्ट पाण्डेमिक फिल्मले छैटौं दिनको कमाईका हिसाबले धेरै ठूला फिल्मको आँकडालाई धुवाँ उडाएको छ । द कश्मीर फाइल्सले सूर्यवंशी ९९.५५ करोड, गंगुबाई काठियावाडी ९६.२१ करोड, फिल्म ८३ , ९५.६७ करोड लाई पराजित गरेको छ। यसअघि प्रि-कोविड फिल्महरूको कुरा गर्दा, तानाजीले छैटौं दिन १६.७२ करोड र उरीले ७.७३ करोड कमाएका छन् ।