आईसीसी क्रिकेट विश्व कप लिग-२  अन्तर्गत जारी त्रि-कोणात्मक सिरिजको तेस्रो खेलमा युएइ विरुद्व नेपालको खराव ब्याटिङको सिकार भएको नेपालको पाँचौं विकेट गएको छ।

आरिफ शेख टीमको स्कोर ५४ रन हुँदा ब्यक्तिगत १५ रनको अवस्थामा आउट भए। उनले ४० बल खेलेर १५ रन जोडेका थिए। क्रिजमा ज्ञानेन्द्र मल्ला ५१ बल खेलेर २० रनको अवस्थामा नटआउट छन्।

यसअघि नेपालले चौंथो विकेटका रुपमा रोहित पौडेललाई ९ रनमा गुमाएको थियो। नेपालले अहिले कुल २१ रन जोड्दा ४ विकेट गुमाएर क्रिजमा रहेको छ। 

युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा यसअघि नेपालले  ओपनर कुशल भुर्तेल, पवन सराफ र दिपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो। 

पाँच विकेट गुमाएको नेपाल पुर्ण दबाबमा परेको छ। कुशल भुर्तेल १.२ ओभरमा ५ रन बनाउँदा कासिफ दाउदको बलमा आउट भएभने लगतै आरिफ पनि २.२ ओभरमा जुनाइद सिद्दिकीको बलमा अरविन्द द्वारा समातिए। त्यस्तै अर्को बलमा क्रिजमा आएका दिपेन्द्र पनि डकआउट हुन पुगे।अहिले नेपाल ३.३ ओभरमा ३ विकेटको क्षतीमा १२ रन बनाएर खेलिरहेको छ।