छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर भएको छ । यस वर्षदेखि प्रतियोगितामा पहिलो हुनेले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार रुपैयाँ पाउने नेपाल भलिबल संघले जनाएको छ ।

संघले आगामी वैशाख १८ देखि २४ राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा छैटौं राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्दैछ । जसमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिम सहभागी हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले बताए ।