नयाँ दिल्ली, २४ चैत (सिन्ह्वा) भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ । ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ घटनाहरू दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ४३ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या पाँच लाख २१ हजार ५३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३२ सक्रिय सङ्क्रमितमा कमि आएपछि हाल भारत ११ हजार ६३९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यो विवरण सङ्क्रिय सङ्क्रमितहरुको सङ्ख्या लगातार घट्दै गएको ७२ औं दिनको हो ।

हालसम्म ४ करोड २४ लाख ९८ हजार ७८९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये एक हजार २२२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्र भएको अधिकारीहरुले जनाएका छन् ।