काठमाडौं – लोकप्रिय गायिका मेलिना राई र गायक रमेश राईको युगल गायनमा समावेश ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा निशा नेम्वाङको शब्द रहेको छ भने बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ। यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलानको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस भिडियोमा केशब राज भट्टको कोरियोग्राफी रहेको छ। अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएय्को हो। गायक राईको युट्युव च्यानल ‘रमेश राई’ मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।