२४ वैशाख, काठमाडौं । जिम्बाब्बे ए विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ‘ए’सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ‘ए’ लाई ३१.५ ओभरमा अलआउट गराएको थियो ।

पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बाब्बेसँग ३ विकेटले पराजित भएको थियो ।