२६ वैशाख, काठमाडौं । नेपालले पाहुना टोली जिम्बावे ‘ए’बिरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ ।

सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २(१ ले जितेको हो ।

टियु क्रिकेट मैदानमा जिम्बावेले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा अर्धशतकीय इनिङ खेलेका कुशल भुर्तेलले ८४ रन बनाए । दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ खेले ।