सरकारले अब आफ्नो नामकाे सिम कार्ड बाेक्न अनिवार्य गरेकाे छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवाप्रदायकहरुलाई निर्देशन समेत दिइसकेको अवस्था छ ।
नागरिक एप चलाउन वा सरकारले जारी गर्न लागेको राष्ट्रिय परिचयपत्रकै लागि पनि सिमकार्ड आफ्नो नाममा हुनु जरूरि भएको छ । आफ्नो नाममा नभए नागरिक एप प्रयाेग गर्न सकिदैन ।

सिमकार्ड व्यक्तिको बैंकिङ कारोबार लगायत विभिन्न प्रयोजनमा समेत उपयोग हुने हुदा यसलाइ सुरक्षित राख्नु पर्ने हुन्छ ।

आफुले प्रयाेग गरिरहेकाे सिम कार्ड कस्काे नाममा दर्ता भएकाे छ ? यसरि थहा पाउनुहाेस ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले मोबाइलमा *९२२# डायल गरेर थाहा पाउन सक्नु हुनेछ । एनसेल प्रयोगकर्ताले भने कसको नाममा छ भनेर चेक गर्नका लागि *९९६६# डायल गर्नुपर्ने हुन्छ ।