सन्दिप लामिछानेले नेपालले आइसिसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत त्रिकोणात्मक शृंखला जितेपछि आफ्ना फ्यानहरुलाई समाजिक संजालबाट धन्यवाद दिएका छन्।

लामो समयपछि मैदानमा कमब्याक गरेका सन्दिपले चार खेलमा १३ महत्वपूर्ण विकेटहरु लिएका थिए।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन्। दर्शकको साथ र हौसला पाएका सन्दिपले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’