काठमाडौं । सन्दीप लामिछानेको मुद्दालाई लिएर सर्वोच्च अदालतमा परेको पुनरावेदनमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्दै छ।

 पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको छ। सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ।

सन्दीपले आफूलाई विदेश जान खुला गर्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिएका थिए।