काठमाडौं । आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएकाे छ ।
हङकङले दिएकाे १ सय २१ रनकाे लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायाे ।
यसअघि यूएईमा टस जितेर पहिले ब्याटिङ गरेकाे हङकङ ४६ ओभर ३ बलमा १ सय २० रन बनाउँदा अलआउट भयाे ।
प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।
Photo- CAN







