आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेयलले टस जितेर पहिले बलिङ रोजेका हुन् ।
यस शृङ्खलाको दोस्रो खेलमा यूएईलाई पराजित गर्दै नेपालले आफ्नो ओडीआई मान्यता जोगाइसकेको छ ।