काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालय बनाउनुपर्ने बताउनुभएको छ ।
सोमवार पद्योदय विद्यालयको ७५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा स्थापित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालले विद्यालयको विकासका लागि अधिकतम सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो ।
पूर्वसभामुख ढुंगानाले शैक्षिक, भौगोलिक धरातल राम्रो बनाउन प्रधानमन्त्री दाहालले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।