काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चैत १५ गतेको तीनकुने घटनाकाे निष्पक्ष छानबिनकाे माग गरेकाे छ ।
राप्रपाले पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको हाे ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
अध्यक्ष लिङ्देनले सरकारले दमन गरेको आरोप लगाउँदै सरकारको एकपक्षीय छानबिनले पीडितलाई न्याय दिन नसक्ने जिकिर गर्नुभयो ।